नियम
अनुमतिपत्र दिन सक्ने

६. अनुमतिपत्र दिन सक्ने

(१) नियम ५, ५क. वा ५ख. बमोजिम अनुमतिपत्रको लागि कुनै निवेदन पर्न आएमा मन्त्रालयले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा निवेदकले पूरा गर्नुपर्ने शर्त पूरा गरेको र प्राविधिक रूपमा सम्भव भएमा नियम ७ को उपनियम (२) बमोजिमको दस्तुर लिई देहाय बमोजिम अनुमतिपत्र दिन सक्नेछः–

(क) स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसार केन्द्रको स्थापना गरी वा स्याटेलाइट वितरण प्रणालीको माध्यमबाट
कार्यक्रम प्रसारण गर्नको लागि अनुसूची–४ बमोजिमको ढाँचामा,

(ख) कार्यक्रम डाउनलिङ्क गर्नको लागि अनुसूची–४(क) बमोजिमको ढाँचामा, र
(ग) सिग्नल वितरणको लागि अनुसूची–४(ख) बमोजिमको ढाँचामा ।

(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ४ को उपनियम (१) को खण्ड (क) वा (ग) बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थालाई सिग्नल वितरणको लागि अनुमतिपत्र दिइने छैन।

(२) उपनियम (१) को खण्ड (ख) बमोजिम कार्यक्रम डाउनलिङ्क गर्नको लागि अनुमतिपत्र दिनु अघि मन्त्रालयले कार्यक्रम डाउनलिङ्क गरिने प्रसारण संस्थाबाट प्रसारण हुने कार्यक्रमको भाषा तथा विषयवस्तु समेतलाई विचार गर्नेछ ।

(३) उपनियम (१) बमोजिम डाउनलिङ्क गर्न अनुमतिपत्र दिइसकेपछि मन्त्रालयले सो सम्बन्धी सूचना राष्ट्रिय स्तरको कुनै पत्रिकामा प्रकाशन गर्नेछ ।

(४) यस नियममा: अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मल्टिच्यानल मल्टिप्वाइन्ट डिष्ट्रिव्यूशन सिष्टम. ((एम.एम:डि.एस.), डिजिटल टेरेसटिरियल टेलिभिजन (डि.टि.टि.भि.), इन्टरनेट प्रोटोकलमा आधारित टेलिभिजन (आई.पि.टि.भि.), डि.टि.एच. वा डिजिटल केबलको माध्यमबाट प्रसारण गर्ने इजाजतपत्र वा अनुमतिपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले यस नियम बमोजिम सिग्नल वितरणको अनुमतिपत्र लिनु पर्ने छैन।